Social Sciences and Humanity Studies Academic Blog

भ्यालेन्टाइन डे मनाइयो चटक नियाल्दै

Posted in Culture and Society, love and Relationship, My life, Satirical and humorous by Shekhar on February 22, 2009

संगीत आफ्ना खुट्टा लाठ्ठीमाथि राखेर हिड्दै , ढोल बजाउदै ।

संगीत आफ्ना खुट्टा लाठ्ठीमाथि राखेर हिड्दै , ढोल बजाउदै ।

“वाहिर वाहिर जती नै तीनको चटकको रमाइलोपन इन्जोय गर्दै मुख च्यात्दै हासेपनि भित्र-भित्रै भने हामी गम्भिररुपमा प्रेरित भइरहेका थियौं  र अहिले पनि छौं ।

बसको सिटमा आखाँ तन्काई- तन्काई हेर्छु, बाटोका छेउँ-छाउँमा फर्केर हेर्छु, अनि वाक्क लागेर रेस्टुरेन्टको बार्दलीतिर चिहाउँछु, जताकतै जोडीहरू छ्याप्-छ्याप्ती । एउटा केटिको त एउटा हातमा गुलाबको फुल, अर्को हातमा त्यसको ब्वाई फ्रेन्डको हात देखेँ, अलिकति “जिअलस” त हुने नै भएँ, “आज भ्यालेन्टाइन डे भएर हो, नतरी कती दीनपो टिक्ला र ती जोडिहरुको लाइफ केमीस्ट्री भित्र-भित्रे मेरो मुटु अटसमटस भइरहेको थियो । आफ्नो हात हेर्छु , दाइने हात दाइने गोजिमा अनी बाँया हात बाँया गोजीमा ।

कोटेश्वरको जेब्रा क्रसिङ्गबाट बाटो काट्दै थिएँ, झन्नै पलसर बाइकमा मच्चिदै आएका एक जोडीले ठोकेनन्, हुन पनि त्यो दिन तीनकै थियो, अरूको त बालै भयो नी तिनीहरुको लागी ।

रनीया चटक देखाएपछि आफ्नो पारीश्रामीक माग्दै ।

रनीया चटक देखाएपछि आफ्नो पारीश्रामीक माग्दै ।

आधुनीक युगका सच्चा प्रेमीका प्रतिमुर्तीका रुपमा उक्सीन चाहने त्यो भिडमा म आफुलाई एक्लो तर नितान्त अलग्ग महसुस गरिरहेको थिएँ । कसरी मनाउने त भ्यालेनटाइन डे? आफैलाई प्रश्न गर्दा एकछिनसम्म त अनुत्तरित नै भएँ । फेरी मनमनै निर्णय लिएँ, ” आज त कमसेकम केही विशेष काम त मैले गर्नै पर्छ ।”

धुलिखेलबाट काठमाण्डौतर्फ जाँदा बाँयातिरको सिटमा बस्दा एउटा विशेष अनुभव हुन्थ्यो । जडिबुटी पुग्नुअगाडी एउटा पुल छ जसको तल मनहरा खोला बग्दछ । कोटेश्वरको जामले गर्दा सवारी साधनहरु मनहरा पुल भन्दापनि अझ टाढा लोकन्थलीसम्म लामबद्ध भएर बस्नुपर्ने स्तिथि काठमाण्डौबासी, भक्तपुरबासी र काभ्रेपलान्चोकवासीको लागी नौलो थिएन । जामको बेला सुस्तरी बस मनहरा पुलबाट पास हुन्थ्यो र मेरा आँखा मनहरा खोला ओरीपरी अव्यवस्थितरुपमा छरीएका बस्तीतर्फ केन्द्रित हुन्थे । त्यहीबखत अनेकौ प्रश्न, खुलदुली अनी असन्तुष्टिका जालमा म जाल्लिने गर्थें ।

कहाँका मान्छे रहेछन् ? त्यस्तो सुङ्गुर बस्नेजस्तो फोहोर ठाउँमा कसरी बस्न सक्छन होला ? बाँचेपनि कस्तो जिवन, न आजको अत्तोपत्तो छ न भोलिको । एकपटक त एउटी अधवैँसे आईमाई त्यही खोलाको तटमा  नुहाउदै गरेको द्रष्यमाथी मेरा पापी आँखा परे, त्यो ढल मिसिएको कालोनकालो पानी आँफ्नो आँङमाथी खनाएको सम्झदा मात्रै पनि मन-मस्तिष्क सिरिङ्ग भएर आउँछ । कहिले कहिले त भारतका विहार-समुदायका जस्ता देखिने ती काला वर्णका वासिन्दाहरू दुई हातको लुङ्गी हल्लाउदै हिँडेको देख्दा कन्रट्टी तात्तेर आउथ्यो । “कस्ता धोती रहेछन् ? हाम्रो देश धोस्त पार्ने यिनै धोतीहरू हुन्”, मनमनै गनगन गर्थेँ ।

तर सत्यदेखि म धेरै टाढा थिएँ । वाहीरीरूपमा जे देखिन्छ, त्यसलाई देखेर जे अड्कल गरिन्छ अनी त्यो अड्कललाई सच्याईसँग तुलना गर्दा आकाश-पातालको फरक भेट्टाइन्छ । यो सत्यको श्रृंखला यहीनेर सकिदैन । आफ्नो अरूप्रतिको खोक्रो द्रष्टिकोण अनी आफ्नो कुनै विषयप्रतिको अबोधपनाको आभाष हुन थाल्छ । घमण्ड, द्वेष र रागजस्ता विकारहरूले आफुलाई भित्र भित्रै खाएको महसुस गर्न सकिन्छ ।

यसरी म र शहील वस्तीतर्फ आफ्ना खुट्टा लम्कायौं । म संग गोजीमा एउटा मोटोरोल्ला मोवाइल थियो । पर्स नबोक्ने भएकोले मैले पैसा मेरो कालो ज्याकेटको चैन भएको पोकेट मा राखेको थिएँ, धेरै थिएन ३-४ सय मात्र थियो । अनी सबै महत्वपुर्ण हामी संग ह्यान्डि क्यामारा थियो । खास त्यस मनहरा बस्तीतीर जाने प्रेरणा पनि शहीलकै थियो । वृत्त चित्र (Documentary)    बनाउने उदेश्यकासाथ केहि फुटेज लिनु पर्ने भएकोले यस भ्यालेनटाइन दीनलाई त्यही काममा fully dedicate गरेका थियौं ।

संगीतले पछाडी ढोल बजाउँएको शुरमा रनीया आफ्ना डान्स स्टेप देखाउदै ।

संगीतले पछाडी ढोल बजाउँएको शुरमा रनीया आफ्ना डान्स स्टेप देखाउदै ।

त्याहाँका छरस्पष्टरुपमा बसीरहेका अनेकौं परीवार मध्य हामीले भेटेका ३ परिवार भारत बासी रहेछन् । हैद्राबादको कानपुरको एउटा गाँउबाट आएका ती तीनपरीवारले कोही भगवानको मुर्ती बनाउँदा रहेछन्, कोही दैनिक मजदुरी गरेर जीविको पार्जन गर्दा रहेछन्, कोही नजकिकै खोलो नजिक गिट्टि कुट्टा रहेछन् ।

तर होम्रो ध्यान भने ती चटक देखाउने २-४ जना बालवालीकामाथि थियो जो त्यसै परिवारका सदस्य थिएँ । एकजना बालकको नाम संगीत थियो र अर्को साको वालीकाको नाम रनीया थियो । थर सोध्ने हिम्मत हामीमा थिएन ।  डाङ् डाङ् र डुङ् डुङ् गर्दै ढोल बजाउँदै सडक ओरीपरी खाली ठाउँमा चटक देखाउने ती वाल वालिकाको मीहिनेत र कलाको प्रशंसा मेरा शब्दमा सिमित गर्न नमिल्ने भएकाले म यति मात्र भन्छु की यती सानै उमेरमा आफै मिहिनेत गरेर आफ्नो र परीवारको जीवन-गुजारा गर्ने तिनको आत्म स्वामीभानबाट म र शहिलले चाँही पक्कै सिक्यौं । हामीले विहानदेखि साझसम्म तीनीहरूको हरेक कृयाकलापको निरिक्षण गरेका थियौं । वाहिर वाहिर जती नै तीनको चटकको रमाइलोपन इन्जोय गर्दै मुख च्यात्दै हासेपनि भित्र-भित्रै भने हामी गम्भिररुपमा प्रेरित भइरहेका थियौं  र अहिले पनि छौं ।

पहिलो क्षणमा जब हामीले ती चटक देखाउने बालकहरूसंग नजिकिन प्रयास गर्यौं । हामीलाई डर थियो कि कतै उनीहरूले हामीलाईपनि अरू लुटेरा, डाँका, किड्नी स्मग्लर, वालवालीका शोषकलाई जस्तै औला ठडाएर पन्छाउने हुन की भनेर  हाँसो ठट्टा गरेर जिग्री वन्न खोज्यौं । जब तिनीहरूले आफ्ना फोटो देखाउन त थाले तब हामीले चाल पायौं, यिनीहरूलाई फोटोप्रति खुब शोख रहेछ, अनी हामीले तिनीहरूको प्रत्ययक क्षणलाई क्यामारामा कैद गर्न थाल्यौं । समय समयमा ति फोटोहरू तिनीहरुलाई देखाउनु पर्ने थियो तर बेट्री चाडो सकिने भएकोले खाली-कालो ब्लाङ्क स्क्रीन देखाएर तीनीहरूलाई रोमाञ्चीत पार्नु पर्दथ्यो । कतै हामीले तीनीहरूको टेक्नोलोजीसम्बन्धि अज्ञानताको नाजायज फाइदा त उठाइरहेका छैनौं । मलाई भित्र भित्रै डर लागीरहेको थियो, की कतै तिनीहरूले हामीलाई बीचमै एभ्वाइड गर्ने हुन की भनेर । तर भाग्यवंश हामीले तीनीहरूको एक दिनको पुरै कृयाकलापको भिडियो फुटेज लियौं ।

म भित्र- भित्रै खुशी थिएँ । दूई कुराले मेरो मन प्रशन्न थियो । एउटा त मैले ती सुकुमवासी वालकहरुवाट धेरै कुरा सिक्न पाएका थिएँ जो शब्दमा मात्र सीमीत गर्न खोजेभने मेरो भ्यालेन्टाइन दिनको मिहिनेतको अपमान हुन्छ । अर्को मैले आफ्नो ब्लकको लागी एउटा पोष्ट पाएको थिएँ ।

रनीया र तीनका भाइबहीनि संत फोटो खिच्दै म ।

रनीया र तीनका भाइबहीनीसंग फोटो खिच्दै म ।

Advertisements