Social Sciences and Humanity Studies Academic Blog

पत्रिकामा नैतिक्ताको चरम अभाव

Posted in My life by Shekhar on May 22, 2014

 

गल्ती गर्ने भनेकै काम गर्ने मान्छेले हो ? हरे ! दिलशोभाले प्रकृया पुराइनन् रे
६ महिना डेट सकिएको लेदोले भरिएको जुस, विस्कुट र चाउचाउ र चामललाई चाह्ँि अदालतले पुष्टि गर्न सक्दैन, किनभने छानविनकै व्रmममा मिडिया, सरकार, व्यापारी र अभियुक्तले प्रवृmया मिलाइहाल्छन् ।
हरे, पैसा र पावरले सबैकुरा पुष्टि गर्न सकिदो रहेछ, प्रकृया पनि पुग्दो रहेछ ।
जिम्मेवारी लिने, बाध्यमै नै किन नहोस् तर काम गर्ने मान्छेको प्रकृया कहिल्यै पुग्दो रहेनछ ।

नागरीक पूर्ण नाफा कमाउने उदेश्यले जम्मेको मिडिया संस्था हो भने बालगृह र दिलशोभा समाज सेवा । अब कलियुगमा परोपकार निस्वार्थ समाज सेवाको भावना दिलशोभामा थियो त म ग्यारेन्टी गर्न सक्दिन तर नागरीकले आफ्नो पाठक बढाउने, ब्रयान्ड फैलाउने लोभमा बुझ पचाएर यो गलत कदम उठाएको हो जस्तो लाग्छ । नैतिकताको चरम अभाव खड्किएको यो पत्रिकाले नागरीक विशेषको चरित्रहत्या गर्ने प्रयासलाई सामान्यरुपमा लिन सकिन्न ।
एकदम सही कुरा गर्नु भयो, गलत कामको आलोचना त गर्नैै पर्छ, यदी आलोचाना गर्न पाइदैन कसैले भन्छ भने त्यो त तानाशाह भइहाल्यो नि, पूर्व राजा ज्ञानेन्द्रको जस्तो । आलोचनाले सुधार्छ, त्यो समाजको लागी राम्रो कुरो हो । नागरीक जस्तो प्रतिष्ठित माध्यमले जुनहिसाबले आफ्नो पहुँचको दुरुपयोग गर्यो, आलोचनाको दायराभन्दा धेरै गुनाले दिलशोभाले मूल्य चुकाउनुपरेको थियो भन्ने मेरो विचार छ ।
ऋालोचना गर्न पाइन्छ । यदी समाचारमा फोहोर खाना, नराम्रो व्यवस्था, आर्थिक हिनामिना भएको कुराहरुमात्र थियो भने ती पाच्य छन्, ती गरीबी देशमा सामान्य कुरा हुन्, त्यही अनुसारको सजाय पनि दिनुपर्दथ्यो, सबैले मान्नै पर्छ । तर चरित्र हत्या, व्यक्तिविशेषलाई टार्गेट गरेको कुरा एकदम गलत थियो, नागरीकले त्यसको मूल्य चुकाएन, कत्ति चित्त बुझेको छैन ।
हम्रो जस्तो साघुरो समाजमा, गरीबीले बाँच्न सकिन्छ तर कसैको बलात्कार गरेको, कसैलाई अपहरण गरेको, वा कसैलाई यौन धन्दामा लगाएको जस्ता आरोपको ट्याग बोकेर बाच्न गारो पर्छ । नागरीकले त छाप्यो, माफी माग्यो, सक्यो तर त्यसबाट पिडित पक्षको जिम्मेवारी कसले लिने ।
ग्रेट पावर कम्स विथ ग्रेट रेस्पोन्सीविलिटी भनेझैं हाम्रा मिडियाहरुले गतिलो पाठ सिक्नुपर्ने देखिन्छ । सूचनाको सम्प्रेषण गर्नु अगाडी दोहोराएर सच्याउनुपर्ने कुरा सबैमाझ पुगोस् भन्ने मेरो ध्यय हो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: