Social Sciences and Humanity Studies Academic Blog

माकुनेको मनोनयन : जनादेश विपरित नहुन सक्छ

Posted in Political Affairs by Shekhar on January 12, 2009
Madhav Kumar Nepak, Former General SEcretary of NCP UML, taking oath

Madhav Kumar Nepak, Former General SEcretary of NCP UML, taking oath

नेपाल कम्युनिष्ट पार्टि एमालेका पुर्व-महासचिव माधव कुमार नेपाल संविधान मस्यौदा समितिको अधक्षपदमा मनोनित भएर कतै नेपाल जनादेश विपरित जानखोजेका त होइनन् भन्ने संखा-उपसंखा धेरै जसोको मानसपटलमा दौडनु स्वाभाविक हो । स्मरण रहोस्- नेपाल चैत्र २८ गतेको ऐतिहासिक संविधान सभाको चुनावमा काठमाण्डौ-२ र रौताहट-६ बाट उमेद्वार उठेका थिए तर दुवै निवार्चन क्षेत्रबाट भारीमतले हार बेहोरेर संविधान सभाका सदस्य हुने जनादेश गुमाइसकेका थिए ।

विभिन्न शिर्ष-दलहरूको दवाब बावजुदपनि नेपाल पहिला मस्यौदा समितिमा मनोतित हुन राजी नहुनु तर प्रधानमन्त्रि पुष्पकमल दाहाल “प्रचण्ड” ले लिखित रूपमै नेपालको प्रशंसा गरेर मस्यौदा समितिको अधक्षपदको लागि प्रस्ताव गर्दा चाँहि हासिखुशि राजि हुनुलाई स्वाभाविक मान्न गारो नै पर्ला ।
तर सविधान सभाको चुनावमा उमेद्वारि दिनुको मूल उद्देश्य हार र जित भन्दा पनि उबको बन्ने नँया संविधानमा कसरी सबै राजनितिक दल, जनजाति-आदिवासी, मधेशीवर्ग, उसन्तोषका कारण सशस्त्र संघर्षमा उत्रेका विभिन्न हिंसात्मक गुट लगायत सबै वर्गको विचारलाई समावेश गर्न सकिन्छ भन्ने विचारले वढि दखल राख्दछ । तसर्थ नेपालको यो कदमले संघिय लोकतान्त्रि गणतन्त्र  नेपालको पहिलो सविधान बन्ने प्रक्रियालाई नविन दिशा प्रदान गर्ने विश्वास गर्न सकिन्छ र देशको अहिलेको जिर्ण अवस्थामा सबै देशप्रेमीहरुको उहाप्रति यही शुभकामना हुनुपर्दछ ।
एमालेका पुर्व-महासचिव नेपालले नेपालको राजनितिक इतिहासमा पुर्याउनु भएको योगदान नकार्न सकिदैन । उहाँले १५ वर्ष नेकपा (एमाले) पार्टिको महासचिव पद संहालेकोहुदाँ नेपालको राजनितिक अनुभवले संविधान बन्ने प्रक्रियामा विशेष दखल राख्दछ, स्मरण रहोस् –उहाँ २०४६ सालको संविधान मस्योदा समितिको ११ जनामध्यका एक महत्वपूर्ण व्यक्तित्व हुनुहुन्छ ।

संविधानमा समावेश गर्नुपर्ने विषयको मस्यौदा तयार पार्ने उक्त मस्योदा समितिको कार्यक्षेत्र भएकोले नेपालको मुल उद्येश्य भनेकै आफ्नो राजनितिक कुशलता र कुटनितिक चतुर्याँईको सहयोगले अब बन्ने नयाँ संविधानमा सबै वर्गको समानुपातिक प्रतिनिधित्वलाई झल्काउनुको विक्लप छैन । उक्त उद्देश्य अनुरुप नेपालले नेपाली जनकाङ्छा पूरा गर्नसकेमा उहाँको चैत्र २८ गतेको संविधानसभाको चुनावको लज्जास्पद हार गौरवमय विजयमा परीणत हुनेछ, तर पहिलाजस्तै कुर्सीमा लिसोझैँ टासिएर राजनितिक स्वार्थपछाडी लागेमा नेपाली जनताको उहाँप्रति बाँकि विश्वासपनि सदाकोलागि उठ्नेछ ।

Om Prakash Sapkota at 3:12am January 12
Note ko titile jaile ni manish ko thar bata start hunuparcha…..ra aru tesko bhitra hunchaaa
Shekhar Kc at 3:14am January 12
Date ta thickai ho. Title ma chai tyesto hard and fast rule hudaina OP Sir.
Parbat Thapa at 3:27am January 12
HAHAHAHAHAHA bigYAPTI KUMAR
Lalit Mohan Pant at 10:59am January 12

shekhar je yo note lai k ko rup ma lena milcha….optimestic thinking ke an irony….j hos, kukur ko pucchar jati sedha banauna khojhane bhangho ko bhanghai huncha tha cha hola ne.
Shekhar Kc at 11:09am January 12
Om Prakash Sapkota at 6:42pm January 12
oii LA k bhanna khojya ho ..haa

One Response

Subscribe to comments with RSS.

  1. Ujeli said, on January 13, 2009 at 5:39 pm

    लाल मित्र कुकुरको पुच्छर ढुङ्ग्रामा राख्‍ने कुरा गरेऊ । अब त्यो ढुङ्ग्रो लगेर प्रचण्डलाई लाइदेऊ । ढुङ्ग्रै बाङ्गिन्छ होला बरू । तर प्रचण्डले प्रधानमन्त्री हुनु भनेको के हो भनेर थाहा पाउँदैनन् ।


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: