Social Sciences and Humanity Studies Academic Blog

“अग्नीको कथा पढिसकेपछि”— शेखर के सी

Posted in book review by Shekhar on December 30, 2008

अग्नीको कथा नेपाली नाट्य जगतको एउटा उत्कृष्ट नमूना हो भन्दा फरक नपर्ला । यस नाटकका रचनाकार अभि सुभेदीको जीवन, जगत र इतिहास सम्बन्धी थुप्रै लेखहरू कान्तिपुर पत्रिका मार्फत पढ्न सौभाग्य पाएको थिएँ । उनको यो नाटक पढेपछि अभि सुवेदी पाठकको मनमा किन यसरी एकाधिकार रुपमा विराजमान रहेछन् भन्ने रहस्य थाहा पाएँ । मान्छेलाई परिवर्तन गर्न सानो घटना पर्याप्त हुँदोरहेछ, कुनै भूकम्प वा उथलफुतल ल्याउने खालको घटना नै हुनुपर्छ भन्ने छैन । अभि सुवेदीको जीवनमा पनि यस्तै कहालीलाग्दो घटना भएछ । त्रिभुवन विश्वविद्यालयको शिक्षक रहँदा त्यहाँको पुस्तकालय आन्दोलित विद्यार्थीव्दारा जलाइँदा उहाँको मन-मस्तिकमा प्रत्यक्ष आघात पुगेछ । त्यही भित्री पीडालाई वहाँले यस नाटकमा बडो कलात्मक र मन छुने पारामा प्रस्तुत गर्दै पाठकलाई अविस्मरणिय सन्देशहरु सम्प्रेषण गर्नुभएको छ ।

­­­­­एउटा तीब्बती गुम्बामा त्यहाँका भिक्षु-भिक्षुणी नाटकको रीहर्सल गरिरहेको परिवेशवाट नाटकको सुभारम्भ भएको छ । कवि भिक्षु र गीत गाउने भिक्षुणी बीच भएका संवाद र त्यसले कोट्याएका विषयवस्तुहरु खासगरी नाटकमा फोकस गरिएको छ । यो नाटकमा वास्तविक ज्ञानको प्यासलाई मेटाउन भिक्षु भिक्षुणीहरुले गुज्रनुपरेका विभिन्न तिता-मिठा परिस्तिथिलाई उदाङ्गो पारिएको छ । कवि भिक्षु गुम्बामा सानै देखि बसेका हुन्छन् र एकदिन त्यहाँको पुस्तकालयमा लागेको आगोले बुद्धका किताबहरु नष्ट हुनजान्छन् । त्यो घटनालाई त्यहाँ बस्ने अरु भिक्षु- भिक्षुणी ले सामान्य रुपमा लिएपनि कवि भिक्षुले गम्भिररुपमा लिन्छन् । किताब जल्नुभनेको त्यसभित्र भएका ज्ञानगुनका कुराहरू सधैका लागि लोप हुनेभएकोले कवि भिक्षु अब वास्तविक ज्ञान नपाउने हो कि भन्ने चिन्तामा अल्झिन्छन् । जीवनका त्यत्रा महत्वपूर्ण क्षणहरू गुम्बामा समर्पण गर्दापनि अव ज्ञान नपाउने अड्कल गरेपछि कवि भिक्षु लामो यात्रामा हिडीँ गुम्बा छोड्ने निर्णय गर्छन् । कवि भिक्षु आफ्नो गाउँघरमा गएर त्यहाँ बिताएका वाल्यकालका अविस्मरणिय पलहरुको आभास गर्छन् र आफू गाउँ छोडेदखिको हालखबर छिमेकीहरुसँग बुझ्छन् । पछि फेरी मानसरोवरको यात्रा गर्छन् अनी सधैँ वास्तविक ज्ञानको खोजिमा प्रयत्नरत हुन्छन् । नाटकको अन्त्यतिर कवि भिक्षु र गीत गाउने भिक्षुणीको भेट मानसरोवरमा हुन्छ । दुवैले आफुमाथि आइपरेका परिस्तिथिहरुबाट धेरै कुरा सिकेको अनुभव बाँड्छन् । यसरी एकै ठाउँमा बसेर किताबी किरो मात्र भएर जीवनको वास्तविक ज्ञान हासिल गर्न सकिँदोरहेनछ र समाजबाट मानिस टाढिएर ज्ञान पाउने प्रयत्न गर्छ भने त्यो भ्रममात्र छ जस्तो कटु यथार्त यस नाटमा उजागर गरिएको मैले पाएँ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: