Social Sciences and Humanity Studies Academic Blog

मीमांसा दर्शन र वर्तमान परिवेशमा यसको औचित्य

Posted in Satirical and humorous by Shekhar on December 30, 2008
Hindu god

Hindu god

अथातो धर्मजिज्ञासा अर्थात वेदमा उल्लेखित हरेक शब्दमाथि धर्म जिज्ञासा राख्नु वा विचार गर्नु मीमांसाको मूल अर्थ हो । मीमांसा दर्शनलाई दुई भागमा विभाजन गर्न सकिन्छ । पहिलो पूर्व मीमांसा र दोस्रो उत्तर मीमांसा । पूर्व मीमांसाले कर्मकाण्डलाई प्रकाश पार्छ भने उत्तरमीमांसाले ज्ञानकाण्डलाई प्रकाश पार्छ ।

मीमांसा दर्शनको अनुसार कर्म नगरिकन ज्ञान हासिल हुदैन र कर्म सधै सत्यको पक्षमा हुनुपर्छ । मीमांसा दर्शनका अनुयायीहरुले कुनैपनि कार्य गर्दा इमान्दार र जिम्मेवारीपूर्णका साथ गर्नुपर्दछ । अरुलाई दु:ख दिएर, अरुको कुभलो चिताएर कर्म गर्दा अपूर्व अथार्त अलौकिक आनन्द प्राप्त नहुनाले मीमांसाकारहरु सत कर्मको बढो सतर्कताकासाथ अनुकरण गर्दछन्

मीमांसा दर्शनले यज्ञको महत्वलाई विश्लेषण पनि गर्दछ । यज्ञगर्दा अन्नका प्रजाती जस्तै धान, जौ आदिलाई अग्निमा घिउसंग चढाउँदा सेतो पवित्र धुवा निस्कन्छ, त्यो धुवा माथि आकाशमा जान्छ, बादल बनाउनमा सहयोग गर्दछ, अन्त्यमा पानी बनेर फेरि यही धर्तीमा फर्किन्छ । यसबाट यो निचोडमा पुग्न सकिन्छ कि मीमांसा दर्शनले प्रकृतिको सरक्षणमा विचार प्रकट गर्दछ र प्राकृतिक प्रकृयामाथि मानव हस्तक्षपको अप्रत्यक्ष विरोध गर्दछ । प्रकृतिलाई उर्जनशील र जीवन्त बनाउने मीमांसा दर्शनको एक मूल उदेश्य हो ।

यसरी मीमांसा दर्शनको वर्तमान संसारसंग तादम्यता खोज्दा मीमांसा एकमात्र दर्शनको रुपमा औँल्याउन सकिन्छ जसले वर्तमान संसारको अस्तव्यस्त परिस्थितिलाई प्राकृतिक स्वरुप प्रदान गर्न सक्दछ । मीमांसा दर्शनको प्रचारप्रसार राम्ररी गर्ने हो भने हत्या हिंसामा उत्रेका संसारका कतिपय हिंसात्मक गुटहरुलाइ शान्तिको मूलधारमा ल्याउन सकिन्छ । त्यतिमात्र नभएर मीमांसा दर्शन एकमात्र त्यस्तो बाहक हुनसक्छ जसले यस धर्तीका सारा मानवजातीलाइ एकै छातामुनी केन्द्रित गर्नसक्छ । विकसित र अविकसित राष्ट्रहरुको खाडललाइ पुर्नुमात्र नभएर सबैलाइ सत कर्मको पाठ पढाएर अध्यात्मिक विकासतिर पनि मार्गदर्शन गर्दछ । यसरी वर्तमान परीप्रेक्ष्यमा मीमांसा दर्शनको औचित्य अझबढ्दो छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: