भ्यालेन्टाइन डे मनाइयो चटक नियाल्दै

संगीत आफ्ना खुट्टा लाठ्ठीमाथि राखेर हिड्दै , ढोल बजाउदै ।
“वाहिर वाहिर जती नै तीनको चटकको रमाइलोपन इन्जोय गर्दै मुख च्यात्दै हासेपनि भित्र-भित्रै भने हामी गम्भिररुपमा प्रेरित भइरहेका थियौं र अहिले पनि छौं । “
बसको सिटमा आखाँ तन्काई- तन्काई हेर्छु, बाटोका छेउँ-छाउँमा फर्केर हेर्छु, अनि वाक्क लागेर रेस्टुरेन्टको बार्दलीतिर चिहाउँछु, जताकतै जोडीहरू छ्याप्-छ्याप्ती । एउटा केटिको त एउटा हातमा गुलाबको फुल, अर्को हातमा त्यसको ब्वाई फ्रेन्डको हात देखेँ, अलिकति “जिअलस” त हुने नै भएँ, “आज भ्यालेन्टाइन डे भएर हो, नतरी कती दीनपो टिक्ला र ती जोडिहरुको लाइफ केमीस्ट्री“ भित्र-भित्रे मेरो मुटु अटसमटस भइरहेको थियो । आफ्नो हात हेर्छु , दाइने हात दाइने गोजिमा अनी बाँया हात बाँया गोजीमा ।
कोटेश्वरको जेब्रा क्रसिङ्गबाट बाटो काट्दै थिएँ, झन्नै पलसर बाइकमा मच्चिदै आएका एक जोडीले ठोकेनन्, हुन पनि त्यो दिन तीनकै थियो, अरूको त बालै भयो नी तिनीहरुको लागी ।

रनीया चटक देखाएपछि आफ्नो पारीश्रामीक माग्दै ।
आधुनीक युगका सच्चा प्रेमीका प्रतिमुर्तीका रुपमा उक्सीन चाहने त्यो भिडमा म आफुलाई एक्लो तर नितान्त अलग्ग महसुस गरिरहेको थिएँ । कसरी मनाउने त भ्यालेनटाइन डे? आफैलाई प्रश्न गर्दा एकछिनसम्म त अनुत्तरित नै भएँ । फेरी मनमनै निर्णय लिएँ, ” आज त कमसेकम केही विशेष काम त मैले गर्नै पर्छ ।”
धुलिखेलबाट काठमाण्डौतर्फ जाँदा बाँयातिरको सिटमा बस्दा एउटा विशेष अनुभव हुन्थ्यो । जडिबुटी पुग्नुअगाडी एउटा पुल छ जसको तल मनहरा खोला बग्दछ । कोटेश्वरको जामले गर्दा सवारी साधनहरु मनहरा पुल भन्दापनि अझ टाढा लोकन्थलीसम्म लामबद्ध भएर बस्नुपर्ने स्तिथि काठमाण्डौबासी, भक्तपुरबासी र काभ्रेपलान्चोकवासीको लागी नौलो थिएन । जामको बेला सुस्तरी बस मनहरा पुलबाट पास हुन्थ्यो र मेरा आँखा मनहरा खोला ओरीपरी अव्यवस्थितरुपमा छरीएका बस्तीतर्फ केन्द्रित हुन्थे । त्यहीबखत अनेकौ प्रश्न, खुलदुली अनी असन्तुष्टिका जालमा म जाल्लिने गर्थें ।
कहाँका मान्छे रहेछन् ? त्यस्तो सुङ्गुर बस्नेजस्तो फोहोर ठाउँमा कसरी बस्न सक्छन होला ? बाँचेपनि कस्तो जिवन, न आजको अत्तोपत्तो छ न भोलिको । एकपटक त एउटी अधवैँसे आईमाई त्यही खोलाको तटमा नुहाउदै गरेको द्रष्यमाथी मेरा पापी आँखा परे, त्यो ढल मिसिएको कालोनकालो पानी आँफ्नो आँङमाथी खनाएको सम्झदा मात्रै पनि मन-मस्तिष्क सिरिङ्ग भएर आउँछ । कहिले कहिले त भारतका विहार-समुदायका जस्ता देखिने ती काला वर्णका वासिन्दाहरू दुई हातको लुङ्गी हल्लाउदै हिँडेको देख्दा कन्रट्टी तात्तेर आउथ्यो । “कस्ता धोती रहेछन् ? हाम्रो देश धोस्त पार्ने यिनै धोतीहरू हुन्”, मनमनै गनगन गर्थेँ ।
तर सत्यदेखि म धेरै टाढा थिएँ । वाहीरीरूपमा जे देखिन्छ, त्यसलाई देखेर जे अड्कल गरिन्छ अनी त्यो अड्कललाई सच्याईसँग तुलना गर्दा आकाश-पातालको फरक भेट्टाइन्छ । यो सत्यको श्रृंखला यहीनेर सकिदैन । आफ्नो अरूप्रतिको खोक्रो द्रष्टिकोण अनी आफ्नो कुनै विषयप्रतिको अबोधपनाको आभाष हुन थाल्छ । घमण्ड, द्वेष र रागजस्ता विकारहरूले आफुलाई भित्र भित्रै खाएको महसुस गर्न सकिन्छ ।
यसरी म र शहील वस्तीतर्फ आफ्ना खुट्टा लम्कायौं । म संग गोजीमा एउटा मोटोरोल्ला मोवाइल थियो । पर्स नबोक्ने भएकोले मैले पैसा मेरो कालो ज्याकेटको चैन भएको पोकेट मा राखेको थिएँ, धेरै थिएन ३-४ सय मात्र थियो । अनी सबै महत्वपुर्ण हामी संग ह्यान्डि क्यामारा थियो । खास त्यस मनहरा बस्तीतीर जाने प्रेरणा पनि शहीलकै थियो । वृत्त चित्र (Documentary) बनाउने उदेश्यकासाथ केहि फुटेज लिनु पर्ने भएकोले यस भ्यालेनटाइन दीनलाई त्यही काममा fully dedicate गरेका थियौं ।

संगीतले पछाडी ढोल बजाउँएको शुरमा रनीया आफ्ना डान्स स्टेप देखाउदै ।
त्याहाँका छरस्पष्टरुपमा बसीरहेका अनेकौं परीवार मध्य हामीले भेटेका ३ परिवार भारत बासी रहेछन् । हैद्राबादको कानपुरको एउटा गाँउबाट आएका ती तीनपरीवारले कोही भगवानको मुर्ती बनाउँदा रहेछन्, कोही दैनिक मजदुरी गरेर जीविको पार्जन गर्दा रहेछन्, कोही नजकिकै खोलो नजिक गिट्टि कुट्टा रहेछन् ।
तर होम्रो ध्यान भने ती चटक देखाउने २-४ जना बालवालीकामाथि थियो जो त्यसै परिवारका सदस्य थिएँ । एकजना बालकको नाम संगीत थियो र अर्को साको वालीकाको नाम रनीया थियो । थर सोध्ने हिम्मत हामीमा थिएन । डाङ् डाङ् र डुङ् डुङ् गर्दै ढोल बजाउँदै सडक ओरीपरी खाली ठाउँमा चटक देखाउने ती वाल वालिकाको मीहिनेत र कलाको प्रशंसा मेरा शब्दमा सिमित गर्न नमिल्ने भएकाले म यति मात्र भन्छु की यती सानै उमेरमा आफै मिहिनेत गरेर आफ्नो र परीवारको जीवन-गुजारा गर्ने तिनको आत्म स्वामीभानबाट म र शहिलले चाँही पक्कै सिक्यौं । हामीले विहानदेखि साझसम्म तीनीहरूको हरेक कृयाकलापको निरिक्षण गरेका थियौं । वाहिर वाहिर जती नै तीनको चटकको रमाइलोपन इन्जोय गर्दै मुख च्यात्दै हासेपनि भित्र-भित्रै भने हामी गम्भिररुपमा प्रेरित भइरहेका थियौं र अहिले पनि छौं ।
पहिलो क्षणमा जब हामीले ती चटक देखाउने बालकहरूसंग नजिकिन प्रयास गर्यौं । हामीलाई डर थियो कि कतै उनीहरूले हामीलाईपनि अरू लुटेरा, डाँका, किड्नी स्मग्लर, वालवालीका शोषकलाई जस्तै औला ठडाएर पन्छाउने हुन की भनेर हाँसो ठट्टा गरेर जिग्री वन्न खोज्यौं । जब तिनीहरूले आफ्ना फोटो देखाउन त थाले तब हामीले चाल पायौं, यिनीहरूलाई फोटोप्रति खुब शोख रहेछ, अनी हामीले तिनीहरूको प्रत्ययक क्षणलाई क्यामारामा कैद गर्न थाल्यौं । समय समयमा ति फोटोहरू तिनीहरुलाई देखाउनु पर्ने थियो तर बेट्री चाडो सकिने भएकोले खाली-कालो ब्लाङ्क स्क्रीन देखाएर तीनीहरूलाई रोमाञ्चीत पार्नु पर्दथ्यो । कतै हामीले तीनीहरूको टेक्नोलोजीसम्बन्धि अज्ञानताको नाजायज फाइदा त उठाइरहेका छैनौं । मलाई भित्र भित्रै डर लागीरहेको थियो, की कतै तिनीहरूले हामीलाई बीचमै एभ्वाइड गर्ने हुन की भनेर । तर भाग्यवंश हामीले तीनीहरूको एक दिनको पुरै कृयाकलापको भिडियो फुटेज लियौं ।
म भित्र- भित्रै खुशी थिएँ । दूई कुराले मेरो मन प्रशन्न थियो । एउटा त मैले ती सुकुमवासी वालकहरुवाट धेरै कुरा सिक्न पाएका थिएँ जो शब्दमा मात्र सीमीत गर्न खोजेभने मेरो भ्यालेन्टाइन दिनको मिहिनेतको अपमान हुन्छ । अर्को मैले आफ्नो ब्लकको लागी एउटा पोष्ट पाएको थिएँ ।

रनीया र तीनका भाइबहीनीसंग फोटो खिच्दै म ।
6 comments