” पल्पसा क्याफे : एक भिन्न द्रिष्टिकोण

- यो उपन्यासले पर्याप्त समीक्षा र प्रचार-प्रसारविना नै एक महिनाभन्दा पनि छोटो समयमा हजारौँ पाठकको मनमाथी एकाधिकार रूपमा शासन चलायो
(पढ्न समस्या छ भने यस उपन्यासको समीक्षा शेखर के सीको स्वरमा सुन्नसक्नु हुन्छ ) Download: file-371201
(अथवा ईन्टरने स्पीडको समस्या छ भने आफ्नो कम्प्युटरमा सीधै Download गर्न सक्नुहुन्छ । )
नेपाली पुस्तक बजारमा पल्पसा क्याफे मात्र एउटा यस्तो उपन्यास हो जसले पर्याप्त समीक्षा र प्रचार-प्रसारविना नै एक महिनाभन्दा पनि छोटो समयमा हजारौँ पाठकको मनमाथी एकाधिकार रूपमा शासन चलायो ।
पल्पसा क्याफे प्रकासित हुनु भन्दा अगाडि एक आमपाठक वा समीक्षक भएर लेखक श्री नारायण वाग्लेले एक ठाउँमा यस्तो चिन्ता व्यक्त गरेका छन्- ” हामीकहाँ समीक्षाको आधारमा पुस्तक बिक्तैनन् । समिक्षक नहुनाको दु:ख पाठकलाई छ । तर राम्रै पुस्तक पनि कति पो निस्कन्छन् र ? असल पुस्तक धेरै नभएको समाज बौद्धिक अर्थमा दरिद्र नै हुन्छ ।”
पल्पसा क्याफे उपन्यासका रचनाकार नारायण वाग्ले कान्तिपुर दैनिकीका प्रधान सम्पादक पनि हुनुहुन्थ्यो तर अहिले उहाँ व्यावसायिक रूपमा कान्तिपुर छोडेर धुम्बाराही प्राइभेट लिमिटेडवाट प्रकासित हुने दैनिकीमा प्रधान सम्पादकको रूपमा कार्यरत हुनुहुन्छ ।
“पल्पसा क्याफे” मा उहाँले उठाउनुभएको विषयवस्तुले एकातिर युद्ध पिडित पक्षलाई सहानुभुति प्रकट गरेको छ भने अर्कोतिर युद्धपक्षधरप्रति आक्रोस व्यक्त गरेको छ । सन 2005 मा मदन परुस्कार जस्तो गरिमामय पुरस्कारबाट पुरस्कृत यस उपन्यासले पाठकहरुबीच एउटा भिन्न र एतिहासिक स्थान कायम गरेको छ । खास गरेर माओवादीको दसवर्षे जनयुद्धको परिवेलाई समेटेर यस उपन्यासको विषयवस्तु अझ रोचक र सुचनामुलक पनि साबित भएको छ ।
“म” पात्रको अन्तरमनबाट निरन्तररुपमा उजागर भएका भावना र असन्तुष्टिका वाणीहरूबाट उपन्यासको प्रारम्भ हुन्छ । आफ्नो मिहिनेत र कलाले चार्हैतिरबाट प्रशँसा पाइरहेको बेला संचार जगतमा स्थापित हुने प्रवल सम्भावना भएकोले “म” पात्रको निधारमा आशाका किरण अटल रहेको महसुस गर्नसकिन्छ ।
जीवनका उकाली ओराली चढ्दै जाँदा थुप्रै संजोगहरु आइपर्छन् । पल्पसा भन्ने एउटी तरुणी केटीसंग म पात्रको भेट हुन्छ । यिनीहरुको सम्बन्ध सानो गफबाट शुरु हुन्छ तर पछि यस्तो गहिरो र पवित्र सम्बन्ध स्थापित हुन्छ जो यौन र विलासिता जस्ता तुक्ष् तत्वभन्दा धेरै माथि हुन्छ । यी दुर्इ पात्र बीचका संवाद एकदम मनछुने खालका हुन्छन् र ती संवादबाट वर्तमान, भुतमा दबेका कहानीहरूको उद्गम हुन्छ । जीवनका प पृष्टभूमिहरू साटासाट हुन्छन् । युद्धका चपेटामा परेका निर्दोषा पात्रहरूको कहानी उक्सन्छन् । यूवा वर्गको जोश र जागर, कला र प्रतिभाको, सिर्जना र मिहिनेतको सदुपयोग गर्ने वातावरण नभएको गुनासो पोख्नुका साथसाथै युवाको पलायनको समस्यालाई टड्कारोरुपमा प्रस्तुत गर्ने प्रयत्न गरिएको छ ।
देशमा सँविधान छ, मौलिक हक छ तर जीवन प्रतिफल असुरक्षित छ । यस्तो भयप्रद वातावरणमा प्रमुखपात्र यो देशको कला-सँस्कृतिको उन्नति गर्न, पश्चिमी पहाडको एउटा रमणीय पाखामा इन्टर्नेट लगायतका अन्य अत्याधुनिक सुविधायुक्त एउटा ग्यालेरी बनाउने निर्णय गर्दछ । त्यस कल्पित ग्यालरीले युक्त रिजोर्टको नाम राख्तछ- पल्पसा क्याफे तर लेखकलाई लाग्छ- उसको साथी यतिबेला त्यस्तो खाका कोर्दैछ जसलाई फीक्का पार्न देशले बन्दुक भिरेको छ । र ऊ बन्दुकविरुद्ध उभिन आँटिरहेको छ । यसरी देश र कालको पृष्टभूमि प्रष्ट हुन्छ, र जीवन दर्शनको, देशबारेका चिन्ताको, सङ्घर्षको कथाहरू लेखिन्छन् ।
पात्रको दृष्टिकोणले हेर्दा लेखक(दृश्य), उसको साथी सीद्धार्थ (मावोवादी कार्यकर्ता), पल्पसा (एक युवती), पल्पसाकी हजुरआमा, छिरिङ्ग (फोटोग्राफर), शङ्कर (सङ्गीतकार), क्रिस्टिना (डच पत्रकार), जेमिना (पल्पसाकी साथी), जस्ता सहर केन्द्रित पात्र छन् भने सानु, मितबा, जस्ता गाउँका व्यक्तिपात्र छन् । यस उपन्यासमा सबै पात्र वौद्धिकरुपमा स्थापित रहेका छन् । उपन्यासमा ती सबैको आ(आफ्नो व्यग्लै सन्देश, विचार र भूमिका बोकेका हुन्छन् । उदाहरणबाट प्रष्ट पार्नुपर्दा पल्पसाले एउटा हिम्मत र पराक्रमकी देवीको रुप लिएकी छिन् जो अमेरीका छोडेर नेपालमा वृत्तचित्रको क्षेत्रमा आफ्नो सिर्जनाले स्थापित कलाकार हुन चाहन्छिन् । त्यस्तै गरी छिरिङको फोटोग्राफी कला उत्क ृष्ट भने किशोरको गायन कलामा रुचीले सबैलार्इ प्रेरित गरेका पाइन्छ । सबै जीवनपृष्टिभूमीलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । यस्ता अनेकौ विषेशता बोकेको उपन्यास “पल्पसा क्याफे” दोहोर्यार्इ-तेहेर्यार्इ पढ्नु पाठकको अभिरुचिभन्दा पनि कमजोरी साबित भएको छ भन्न गाह्रो नपर्ला । भिन्न-भिन्नै पात्र र तिनीहरुबीचका संवादबाट उपन्यासकार नारायण वाग्लेले नेपाली संस्कृति, मान्यताको चर्चा पनि फरक शैलीमा समालोचना गरेका छन् । पाश्चात्य संस्कृतिको नाङ्गो हस्तक्षेपको विरोध भन्दा पनि व्यङ्ग्यको तीक्ष्ण वाण हान्दै यूवा पलायनलाई गम्भिररुपमा आत्मसात गरी स्वदेशमै रोजगारी होस् भन्दै सम्बन्धित निकायलाई अपिल पनि गरेका छन वाग्लेले यस उपन्यासमा । साथै उपन्यासले विदेश पढेर र त्याहाँ नयाँ कुरा सिकेर आफ्नो मातृभूमिको चौतर्फी विकासमा टेवा पुर्याउने पात्रहरूको मुक्तकण्ठले प्रशंसा पनी गरेको भान हुन्छ । जनयुद्धकोवेला बम-बारुद पट्केको आवाज, श्रीमान गुमाउदा एउटी नारीको वेदनाको चिच्याहट, टुहुराको विरह कहानीको स्वर यस उपन्यास पढ्दा कानमा गुञ्जिने गर्दछ । आफ्ना नातेदार र शुभचिन्तकहरुको वियोगको परिकल्पना गर्न सकिन्छ यस उपन्यासका घटनालाई सुक्ष्मरुपले अध्यन गर्दा, एउटा बच्चादेखि वुढासम्मका वर्गलाई मनोवैज्ञानिकरुपमा कस्तो नकारात्मक छाप पार्छ भन्ने पक्षलाई पनि यस उपन्यासले प्रष्टरुपमा समेटेको छ । साथै धेरै जस्तो ठाउँमा साधारण भाषा र बीचबीचमा अङग्रजी शब्दको प्रयोगले यस उपन्यासले नेपाली वाङमयको ढुकुटीमा नवीनता प्रदान गरेकोले होला, अन्य समालोरकहरू पल्पसा क्याफेलाई उत्तर-आधुनिक उपन्यासको नाउले पुकार्ने गर्छन ।
नेपालको इतिहासमा सधै ज्वलन्तरुपमा रहने जनयुद्धको प्रभावलाई यस उपन्यासले युगौयुगसम्म अजम्बरी प्रधान गर्नेेछ भन्ने मलार्इ लागेको छ । अन्त्यमा सुन्दर शान्त विशाल नेपाललाई शान्ति र विकासको स्वर्ग भुमि बनाउन सबैलाई विनम्र अपिल गरिएको यस उपन्यास पढेपछि मैले अनुभव गरें ।
Related article 1. Review of Palpasa Cafe
2. पल्पसा – पुरक एक पराकाष्ठाको
“होर्यार्इ-तेहेर्यार्इ पढ्नु पाठकको अभिरुचिभन्दा पनि कमजोरी साबित भएको छ भन्न गाह्रो नपर्ला ।”
यसमा अलि चित्त बुझेन ।
Book review चैँ एकदमै गज्जबको छ । पढ्न मज्जा आयो । पहिला ३ वर्ष अगाडि नै एकपटक यो पुस्तक पढ्ने विचार गरेको थिएँ अनि १-२ पेज पढेको पनि थिएँ । रमाईलो नै लाग्दैथियो खोइ के भएर पढ्न पाइनँ । शायद ११ कक्षाको जाँच भएर होला । त्यसपछि फेरि पढ्ने साइतै जुरेन । जे होस् एकपटक पढ्न चैँ मन लागेको छ यो किताब । अझ तपाईँले लेख्नुभएको यो लेखले त झन् पढ्नैपर्ने रै’छ जस्तो लाग्यो ।
तिमले ठिक भन्यौ जस्तो लाग्यो । मैले त्यो वाक्य लेख्दा अउला टाइप गर्न मानिरहेको थिएन । सायद कमजोरि शब्दको सट्टा वाध्यता लेख्दा ठिक होला की प्रवेश भाई ।
त्यस्तो लेखेर हाम्रो पाठकलाई understimate पनि नगरिहालौँ । पहिलो पल्टमै बुझ्ने पनि धेरै छन् । त्यो लेखकको बहादुरीभन्दा पनि पाठकको असक्षमता हुने भएकाले त्यसलाई book review मा अलि ठाउँ नदिईहाल्ने पो हो कि ॥
http://ametya.wordpress.com/2009/01/23/%e0%a4%aa%e0%a4%b2%e0%a5%8d%e0%a4%aa%e0%a4%b8%e0%a4%be-%e2%80%93-%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%95-%e0%a4%8f%e0%a4%95-%e0%a4%aa%e0%a4%b0%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%a0/
http://tanjali.blogspot.com/2008/04/palpasa-cafs-hangover.html
आकार जी , लीङ्क राख्देकोमा आभारी व्यक्त गर्न चाहन्छु ।
कथा लेख्नु ठुलो कुरा हैन, जो कोहि पनि लेख्न सक्ला! तर कथा कत्तिको जिवन्त छ , कुरा त्यहाँ भर पर्छ । वाग्लेको यो पल्पसामा सुरु र अन्त्य जुन प्रकारले गरिएको छ त्यसले कथालाई पुरापुर जिवन्तका साथै full intresting बनाएको छ । वाग्ले क्याफेमा दृश्यलाई पर्खनु बाट शुरु भएको उपन्यास जेमिनि पल्पसा खोज्दै वाग्ले समक्ष पुग्नु को जुन बनावट जुन मिलावट छ नि त्यो ज्यादै उत्कृस्ठ छ ।
अनि तपाईँ म जस्तै ढिलो हो कि के हो??? पल्पसा मैले जस्तै सबैले पढेर थन्क्याएपछि पढ्नु भएछ त??????
and by the way thanks for the link of my article in ur artilcle …but i think the title goes wrong…it’s
पल्पसा – पुरक एक पराकाष्ठाको not पल्पसा क्याफेको एक पुरक पराकाष्टा …..
पल्पसा – पुरक एक पराकाष्ठाको ==means Palpasa – पुरक (Alternate) of one पराकाष्ठा(JAM)
Whenever be jam, do open Palpasa to get rid from the hangover of jam…the title means that.
धन्यवाद । खास कुरो के भने नी “पल्पसा क्याफे मैले एक वर्ष अगाडी नै अध्ययन गरीसकेको थियो, र आफ्नो बुझलाई शब्दमा उतारीसकेको थिए तर त्यस लेखमा पर्याप्त समीक्षा गरेको थिएन । अहिले पर्याप्त विचारहरू जोड्न पाएकोले ब्लगमा पोष्ट गरेको हु ।
यो उपन्यासले पर्याप्त समीक्षा र प्रचार-प्रसारविना नै एक महिनाभन्दा पनि छोटो समयमा हजारौँ पाठकको मनमाथी एकाधिकार रूपमा शासन चलायो
हाहाहा हाँसो उठ्यो । कसैको समर्थनमा यति अन्धो भएर नलेखौँ । तथ्य बुझेर मात्र लेखौँ । यो उपन्यासको जति प्रचार र समीक्षा कुनैको पनि भएको छैन । तत्कालीन कान्तिपुरका सम्पादक भएको भरमा यसको अत्यधिक प्रचार गरिएको थियो । कान्तिपुर टेलिभिजनले प्राइम टाइमको बुलेटिनमा मुख्य समाचार हेडलाइन बनाएको थियो यो पुस्तकको विमोचनको समाचार । अनि कान्तिपुरमा पटक पटक समीक्षा छापिएको थियो । कान्तिपुरका सम्पादक यसका लेखक नभएको भए यसको चर्चा शायदै यो ढंगबाट हुन्थ्यो र शायदै तपाईँले यो समीक्षा लेख्न जरुरी ठान्नुहुन्थ्यो ।
this is the first upnayas i read which touch my heart i cant belive its a real and true story .i would be thank ful to mr NARAYAN WAGLE for this upnayas .my heart melt after i read this upnayas .